एनआरएनए आयरल्याण्डद्धारा आइसिसीको कोभिड कोषमा ५ हजार यूरो सहयोग

आयरल्याण्ड । गैर आवासीय नेपाली संघ आयरल्याण्डले आइसिसीको कोभिड १९ कोषमा ५००० युरो (लगभग ७ लाख नेपाली रूपियाँ) जम्मा गरेको छ । आइसिसीले खडा गरेको कोभिड कोषमा एनआरएनए आयरल्याण्डले सो रकम सहयोग गरेको हो । एनआरएनए आयरल्याण्डले पठाएको सो रकम अक्सिजन प्लान्ट निर्माण गर्ने कार्यमा उपयोग हुनेछ ।

एनआरउनए आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालले आयरल्यान्डमा रहनुहुने गैर आवासीय नेपालीहरुको सहयोगमा संकलीत रकम केन्द्रको काठमाडौँ स्थित बैंकमा जम्मा गरिएको जानकारी दिनु भयो । साथै सहयोग संकलन गर्ने कार्य अझै जारी रहेकाले बाँकि रकम छिट्टै हस्तान्तरण गरिने जानकारी गराउनु भयो ।


प्रकाशित | १८ जेष्ठ २०७८, मंगलवार १३:३३