प्रधानमन्त्री ओली आज डिस्चार्ज हुँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुनु हुने भएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको दोस्रो मिर्गौला प्रत्यारोपण गर्नुभएको आज दशौं दिनमा उहाँलाई डिस्चार्ज गरिन लागिएको हो ।

अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्न लागिएको हो । ओलीको गत २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Image may contain: text


प्रकाशित | ३० फाल्गुन २०७६, शुक्रबार १७:१४