अक्सिजन सिलिण्डर खरिदका लागि एनआरएनए कुवेतको १६ लाख ७४ हजार सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ १६ लाख ७४ हजार ९ सय रुपैयाँ सहयोग गरेको छ । एनआरएनए कुवेतले अक्सिजन सिलिण्डर खरिदको लागि संकलीत रकम सहयोग गरेको हो ।

एनआरएनए कार्यालयको सचिवालयमा आयोजित एक कार्यक्रम बिच सो सहयोग हस्तान्तरण गरिएको हो । एनआरएनए कार्यालय प्रमुख राजेश रानालाई कुवेतबाट आइसिसी सदस्य अमित चाम्लिङ, मानार्थ आइसिसी सदस्य सुरज मास्के, एनसिसी मनोज ढकाल साथै गोरखा पत्र सहसम्पादक राजेश चाम्लिङ,समाजसेवि बलिराज खम्बु मोयथाई राष्ट्रिय प्रशिक्षक रमा राईको उपस्थितिमा सो रकम हस्तान्तरण गर्नु भएको हो । 

 उक्त रकम एनआरएन कुवेत राहत कोषबाट दुई लाख, सस्थागत र सहयोगी संघसस्था र सहयोगी हातहरुबाट संकलन गरिएको आपतकालिन राहत समिती संयोजक राना ध्वज लामाले जानकारी दिनु भयो । कोरोना भाइरसको दोस्रो लहरको भयावह अवस्थामा देशको सातै प्रदेशमा सहयोग पुर्याउने लक्ष्यको साथ एनआरएन मध्यपुर्वले आइसिसी सचिव आरके शर्माको संयोजकत्वमा अभियान चलाइएको थियो ।

गैर आवासिय नेपाली संघले राहत संकलनको निम्ति मध्यपुर्वका सबै देशहरु कतार, दुबई, कुवेत,ओमान, साउदिअरब र बहराइनले कठिन परिस्थितिको बाबजुद पनि खेलेको अत्यन्तै सराहनीय रहेको मध्यपुर्व संयोजक प्रबीण गुरुङले बताउनु भयो ।

नेपालीका लागि नेपाली’ भन्ने मूलनारालाई आत्मसाथ गर्दै मध्यपूर्वका श्रमीक नेपालीहरू जन्मभुमीमा परेको प्राकृतिक विपतको घडिमा
भुकम्प जाँदा होस, बाढिपहिरो,हावाहुरीले तहसनहस बनाउदा सदैव सहयोगको लागि अग्रभागमा रहेर सहयोगार्थ रकम देशलाई जुटाइ दिदै आएको इतिहास छ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालीलाई विदेशमा पनि उत्तिकै आक्रान्त पारी नै रहेको छ तथापी यस्तो कठिन घडीमा आफ्नो गाँस कटाएर सहयोग गरिरहेका छन् ।

एनआरएनए कुवेतको सहयोग अभियानलाई साथै दिदै मातृभुमीको लागि आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि संघसस्थाहरु, सहयोगि हातहरु सबैलाई एनसिसी कुवेतका अध्यक्ष सुजन केसीले धन्यवाद दिनु भयो ।

स्वदेशमा अक्सिजनको अभाव बिरामीहरू बचाँउन नसकेकिरहेको अवस्थामा एनआरएनले हातेमालो गरी मध्यपूर्वबासी सम्पूर्ण नेपालीहरूको सहयोगबाट ओमानबाट ४० लीटर क्षमताका ५६० सिलिन्डर र चाइनाबाट ५६० रेगुलेटर पठाएर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ।


प्रकाशित | ९ असार २०७८, बुधबार २१:२२