विभिन्न पाँच वटा कम्पनीले उत्पादन गरेको स्यानिटाइजर प्रयोग नगर्न आग्रह

काठमाडौं । विभिन्न पाँच कम्पनीका ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ। स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको भन्दै मापदण्ड पूरा नगरेका पाँच कम्पनीका स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह गरेको हो।

विभागले स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल भेटिएको भन्दै ती स्यानिटाइजर विक्रीमा रोक समेत लगाएको छ । अनुगमनका क्रममा स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन मिसाइएको पाइएको हो ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंका चार र भक्तपुरको एउटा गरी पाँच वटा कम्पनीले स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको उल्लेख छ ।

भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर, काठमाडौंका हाइजिन सोप एण्ड केमिकल प्रालिको इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल्स एण्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्याण्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्याण्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

तोकिएको मापदण्ड नभएका यी स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन जारी गरेको छ ।


प्रकाशित | २७ भाद्र २०७७, शनिबार १४:३७