विदेशबाट फर्किएका नेपालीलाई राजेश हमालको अपिल-अब कतै नगई नेपालमै केहि गरौ

काठमाडौँ : नायक राजेश हमालले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्किरहेका नेपालीहरूलाई कवितामार्फत स्वागत गर्नुभएको छ । भिडियो सार्वजनिक गर्दै हमालले भन्नुभएको छ, ‘हरेक दिन हजारौंहजार हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू आफ्नो घर फर्किँदैछन् । आउनुहोस् उहाँहरूलाई न्यानो स्वागत गरौं ।’

‘ऊ छोरा कसैको, ऊ छोरी कसैकी, ऊ बुबा कसैको, ऊ आमा कसैकी । दाजु, दिदी, श्रीमती पनि । जे हुन् तर होइनन् पराइ । जे हुन् आफ्नै त हुन् नि ।’ हमालले कोरोना भाइरसको सन्त्रासपछि विदेशबाट फर्किएका नेपालीहरू किन पराइ भए भनेर पनि प्रश्न गरेका छन् ।

उहाँले सबै नेपालीहरूलाई नमस्ते गर्दै स्वागत गर्न पनि अपिल गर्नुभएको छ । साथै विदेशबाट नेपालीलाई घर फर्किन आग्रह समेत गर्नुभएको छ । हमालले अब कतै पनि जानु पर्दैन भन्दै नेपालमै केही गर्न विदेशबाट नेपाल फर्किएका र फर्किँदै गरेका नेपालीलाई आग्रह गर्नुभयो ।


प्रकाशित | १२ असार २०७७, शुक्रबार १५:३५