एनआरएनए जापानको अध्यक्षमा टासी वांग्दी लामाको पुन: उम्मेदवारी

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको अध्यक्षमा टासी वांग्दी लामाले पुन अध्यक्षमा उम्मेदारी दिनुभएको छ । एक कार्यकाल पूर्ण रुपमा सफलतापूर्वक सम्पन्न गर्नुभएको लामाले जापानबासीको आग्रह र मागअनुसार पुन: अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो ।

एनआरएन जापानको युवा संयोजक, उपाध्यक्ष हुँदै अध्यक्ष बन्नुभएको लामाको नेतृत्व सफल सावित हुँदै आएको छ । कम बोल्ने स्वभावको लामा काममा भने विश्वास गर्नुहुन्छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति जापानको अधिवेशन ६ सेक्टेम्बर र ८ तारिखका दिन चुनाव हुँदैछ।


प्रकाशित | १३ भाद्र २०७६, शुक्रबार १४:२९