कुवेतमा रोजगारी गुमाएका र कम्पनीले बेतलवी विदा दिएका १५ हजार नेपाली स्वदेश फर्कन तयार

कुवेत:  कुवेतमा रहेका १५ हजार नेपाली स्वदेश फर्कन इच्छुक रहेको पाइएको छ । कुवेतमा अवैधानीक रुपमा बसोेबास गरिरहेका करिव  ७ हजार नेपाली र १५ हजार वैधानीक रुपमा बसोबास गरेका नेपाली स्वदेश फीर्ता हुन तयार रहेको त्यहाँस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले जनाएको छ ।

गैर आवासीय नेपाली सघ (एनआरएनए ) कुवेतका अनुसार कुवेतमा रहेका सबै अबैधानिक कामदारहरु नेपाल फर्कन तयार रहेको र फर्कन पाउनेमा बिश्वस्त छन ।  आज एनआरएनए कुवेत र नेपाली दुताबासबीच भएकोे बैठकले अबैधानिक रुपमा कुवेतमा रहेका करिव ७ हजार  नेपालीलाई कुवेत सरकारले दिएको आममाफि (एम्नेस्टिको ) सदुपयोग गर्दै स्वदेश फर्काउने विषयमा छलफल भएको हो ।

एनआरएनए कुवेतका अध्यक्ष सुजन केसीका अनुसार नेपाली राजदूतावासले कुवेत सरकारले दिएको आममाफीलाई अवसरको रुपमा हेरेको भन्दै स्वदेश फर्काउन आवश्यक पहल भइरहेको जनाएको बताउनुभयो ।

बैठकमा कुवेतमा रोजगारी गुमाएका र लामो समय बेतलवी बिदामा बसेका नेपालीहरुको ब्यवस्थापक र देश फर्काउने प्रक्रियाको बारेमा छलफल भएको थियो । अध्यक्ष केसीका अनुसार कुवेतमा कोरोनाको प्रकोपको कारण रोजगारी गुमाएका र कम्पनीले लामो समय बिना तलबको छुट्टि दिएका नेपालीहरु तत्काल देश फर्कन चाहान्छन् ।

कुवेतमा रहेका ७० हजार नेपाली समेत विस्तारै कामविहिन बन्ने खतरा रहेको एनआरएनए आइसिसी सदस्य अमित राईले जानकारी गराउनुभयो ।

नेपालमा लकडाउन भएको कारण कुवेत सरकारले खुला गरे पनि फर्कन सम्भब नभएको र यस्तो अवस्था रहेमा नेपालीहरुलाई सहज रुपमा स्वदेश फर्काउने राज्यको दाहित्व भएकोले पहल हुनु पर्ने एनआरएनले राजदूतसमक्ष माग गरेको थियो । छलफलमा देशमा लकडाउन नखोल्दा भने प्रक्रिया अगाडि बढन नसक्ने राजदूतावासले स्पष्ट पारेको थियो ।

त्यस्तै, कोरोनाको कहर बढदै जाँदा देखिन सक्ने समस्या र तयारी, नेपालीहरुलाई खान बस्नको ठुलो समस्या हुन सक्ने, ठुलो संख्यामा रोजगारी गुमाउने र कोरोनाको महामारिका कारण मानवीय क्षती समेत हुन सक्ने, रोजगारदाता, कम्पनीहरुसँग निरन्तर दुताबासले परामर्श गरि समस्या सुल्झाउदै आएता पनि भविष्यका दिनमा समस्या ठुलो आउन सक्ने देखिएको, खानाको लागि, स्थानीय सरकारको दाहित्व भएका कारण उनीहरु सँग सहयोग लिने, नेपाल सरकार सँग माग गर्ने र जस्तो सुकै परिस्थितिमा पनि आफुलाई जिवित राख्न कोशिस गर्ने, कुवेतमा बिभिन्न ठाउमा रहेका नेपालीहरुको विवरण जम्मा गरि केहि प्रतिनिधि ब्यक्तीहरु  चयन गर्ने, दुताबास, एनआरएन र सबै नेपाली एक भएर यस महामारी विरुद्ध लड्नको विकल्प नभएको निस्कर्ष निकालीएको थियो ।

साथै एनआरएनले गरि राखेको काम र सहयोगलाई अझ कसरी प्रभावकारि बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो ।
बैठकमा दुताबासको तर्फबाट राजदुत दुर्गा प्रसाद भण्डारी, दित्तिय सचिव, श्रम सहचारी र एनआरएनको तर्फबाट अध्यक्ष सुजन केसीको नेतृत्वमा आईसिसी सदस्य अमित राई, मानार्थ सदस्य सुरज मास्के,उपाध्यक्ष राणधोज लामा सहभागि हुनुहुन्थ्यो ।


प्रकाशित | २ बैशाख २०७७, मंगलवार २३:२४