नेपाल सरकारको कोरोना कोषमा एनआरएनए जापानले ५ लाख सहयोग गर्ने

टोकियो:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले नेपाल सरकारको कोरोना कोषमा ५ लाख सहयोग गर्ने घोषणा भएको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको यही मार्च २२ मा बसेको बैठकले कोरोना भाईरस बिरुद्द लड्नको लागी नेपाल सरकारलाई प्रधानमन्त्री राहत कोष मार्फत १ करोड रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरे बमोजिम एनसीसी जापानले पनि उक्त अभियानमा ५ लाख रुपैया सहयोग गर्ने प्रतिबद्दता जनाएको हो ।

उक्त प्रतिबद्दता रकमको संकलनको निम्ति एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीको संयोजकत्त्वमा उपाध्यक्ष नबिन निउरे, सचिव टिकाराम खरेल, कोषाध्यक्ष कालिका थापा, प्रवक्ता सीद्दार्थ श्रेष्ठ, सदस्य श्याम खड्का र रामकृष्ण श्रेष्ठ र सबै क्षेत्रीय संयोजक सदस्य रहने गरी १७ सदस्यीय आर्थिक संकलन समिति पनि गठन गरेको महासचिव जनक विक्रम शाहीले जानकारी गराउनुभयो ।

‘विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको विकराल परिस्थितिबाट नेपाल र नेपाली दाजुभाइ दिदी बहिनी हरुलाई जोगाउने हार्मो अभीयानमा जापान स्थित सम्पूर्ण संघ संस्था, व्यवसायी , बुद्दिजिवि, बिद्यार्थी लगायत समस्त नेपाली समुदायलाई एकबद्दभै सहयोगको लागी अपिल गर्दछौ’, एनआरएनए जापानले एक बिज्ञप्ति जारी गर्दै भनेको छ ।

Image may contain: text


प्रकाशित | ११ चैत्र २०७६, मंगलवार ११:१७