लिभरपुल पुन : शीर्ष स्थानमा

एजेन्सी : ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पुन शीर्ष स्थानमा फर्किएको छ । घरेलु मैदान एनफिल्डमा हुडर्सफिल्डलाई ५–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले शीर्ष स्थानमा पुनरागमन गरेको हो ।

फराकिलो जित सहित लिभरपुलले म्यानचेष्टर सिटीमाथि दबाब बढाएको छ । शीर्ष स्थानमा उक्लिएसंगै उसले दुई अंकको अग्रता लिन समेत सफल भएको छ । शीर्ष स्थानको लिभरपुलले ३६ खेलबाट ९१ अंक जोडेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेष्टर सिटीको ८९ अंक छ ।

खेलको १५ सेकेन्डमै लिभरपुलका नाबी केइटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । यस सिजन रेलिगेशनमा परेको हुडर्सफिल्डमाथि सुरुवातबाटै आक्रमक देखिएको लिभरपुलले २३ औ मिनेटमा अग्रतालाई दोब्बर बनायो । साडियो मानेले घरेलु टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

मोहमेद सलाहाले ईन्जुरी समयमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए । ६६ औ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता फराकिलो बनाए । ८३ औ मिनेटमा सलाहाले गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाउन सफल रहे । लिभरपुलले लिगमा अब दुई खेल खेल्न बाँकी छ । उसले अब न्युक्यासल र उल्भ्ससंग प्रतिस्पर्धा गर्नेछ । उपाधिको अर्को दाबेदार म्यानचेष्टर सिटीले वर्नली, लेस्टर सिटी र ब्रिङ्टोनसंग खेल्न बाँकी छ ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार ०८:१२