प्रधानमन्त्रीको देशभक्तिमाथि प्रश्न उठाउनेहरु पाखण्डी हुन् : उपप्रम पोखरेल

काठमाडौं : उपप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि पद नछोड्ने बताउनुभएको छ । हिमालय टेलिभिजनसँगको कुराकानीमा पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद ओलीले नछोड्ने बताउनुभयो । प्रचण्ड र नेपाल पक्षले राजीनामाको माग गरिरहेका बेला पोखरेलले लेनदेन गरेर सहमति हुने संभावना नरहेको बताउनुभयो ।

नयाँ नक्सा प्रकरणमा ओलीले द्वैध चरित्र देखाएको भनेर पार्टीकै शीर्ष नेताहरुले ओलीको राष्ट्रवादमाथि प्रश्न उठाइरहेका बेला उपप्रधानमन्त्री पोखरेले ओलीको देशभक्तिमाथि प्रश्न नठाउन चेतावनी दिनुभयो । ओलीको देशभक्ति माथि प्रश्न उठाउनेहरु पाखण्डी भएको पोखरेलको टिप्पणी छ ।

पोखरेलले प्रष्ट नभने पनि प्रचण्ड र नेपाल लचिलो भए मात्रै सहमतिको संभावना रहेको संकेत गर्नुभयो । तर पार्टी नफुट्ने उहाँको दावी छ । भारतसितको सीमा विवाद वार्ताबाटै समाधान हुने र भारत वार्ताबाट भाग्न नपाउने उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । महाकाली सन्धि पुनरावलोनक हुन सक्ने पोखरेलले बताउनुभयो ।


प्रकाशित | २८ असार २०७७, आईतवार १६:१०