प्रधानमन्त्री आगामी हप्ताभित्र पूर्ण स्वास्थ्य लाभ गरेर स्वदेश फर्कने

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यका बारेमा चिन्ता नलिन शुभचिन्तकलाई आग्रह गर्नुभएको छ । सिङ्गापुरमा उपचार गराइरहनुभएका उहाँले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग कुराकानी गर्दै आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले दाहालसँग आगामी हप्ताभित्र पूर्ण स्वास्थ्य लाभ गरेर आफू स्वदेश फर्कने जानकारी गराउनुभएको छ । गत भदौ ५ गते सिङ्गापुर जानुभएका उहाँको अहिले त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित | १२ भाद्र २०७६, बिहीबार १४:२४