कतार: गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले सोह्रौँ चरणको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ अर्थात कोरोनाका कारण समस्यामा परेका नेपालीलाई एनआरएनए कतारले शूरुवाती चरणदेखि नै राहत वितरण गर्दै आएको छ ।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार एनआरएनएद्धारा गठित उद्दार तथा राहत बितरण समितीले सोह्रौ चरणमा विभिन्न ठाउँमा रहेका ५०६ जनालाई राहत वितरण गरेको हो । यसअघि पन्ध्रौ चरणमा ३०१ जनालाई राहत वितरण गरिएको थियो ।

कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको पनि अध्यक्ष मुसलमानले जानकारी गराउनुभयो ।

प्रकाशित | २६ जेष्ठ २०७७, सोमबार १८:०२