लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थन सहित दावी प्रस्तुत गर्नुभएका गिरी मुख्यमन्त्री नियुक्त हुनु भएको हो ।

नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता गिरीले सत्ता साझेदार दलहरुले सात दलको समर्थनमा ५८ सांसदको हस्ताक्षर सहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेश गर्नु भएको थियो ।

गिरी लुम्बिनी प्रदेशको तेश्रो मुख्यमन्त्री बन्नुभएको हो । यसअघि नेकपा एमालेबाट लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्रीको रुपमा शंकर पोखरेल र दोश्रो मुख्यमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी बन्नुभएको थियो ।


प्रकाशित | २७ पुष २०७९, बुधबार १५:५३