एनआरएनए आइसिसीको ७ सदस्यीय निर्वाचन कमिटि गठन, संयोजकमा लीलामणी पौडेल

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्ले लीलामणी पौडेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन कमिटि गठन गरेको छ । आगामी अक्टोवरमा हुन गइरहेको संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनको लागि पौडेलको संयोजकत्वमा ७ सदस्यीय कमिटि गठन गरिएको हो ।

संघका  अनुसार कमिटिको सदस्यहरुमा राम प्रताप थापा, डा. गणेश गुरुङ, डा. देवकाजी डंगोल, चिरञ्जीवी ढकाल, डा. विष्णुमाया परियार र सदस्य सचिवमा भूषण घिमिरेलाई चयन गरिएको छ ।


प्रकाशित | १५ असार २०७८, मंगलवार १९:२५