निर्धारित समयमा महाधिवेशन नगराए कांग्रेसको अस्तित्व संकटमा : कोइराला

उदयपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले समयमा महाधिवेशन नगराए कांग्रेसको अस्तित्व संकटमा पर्ने भन्दै नेतृत्वलाई सजग गराउनुभएको छ । सोमबार जिपी कोइराला फाउण्डेशन उदयपुरको जिल्ला कार्यालय उद्घाटनमा नेता कोइरालाले कांग्रेसको अस्तित्व जोगाउन समयमा महाधिवेशन गराउनुपर्ने बतउनुभयो । कोइरालाले १४ औँ महाधिवेशन पनि निर्धारित मितिमा नगराउने खेलमा पार्टी सभापति शेरबहादुर देउवा लागि परेको भन्दै नेतृत्वलाई खवरदारी गर्नुभएको हो ।

२०७६ सालको फागुनभित्रमा १४ औँ महाधिवेशन हुन नसके पार्टीको अस्तित्व नै संकटमा पर्नसक्ने खतरा रहेको उहाँले औल्याउनुभयो । कोइरालाले भन्नुभयो, ‘महासमितिको बैठकबाट भएका निर्णयसमेत पार्टी नेतृत्वले उल्टाउँदै गयो, पार्टीको केन्द्रिय नेतृत्व परिवर्तन निश्चित देखिएको छ।’


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १७:२४