मेलम्चीको सुरुङमा हराएका इन्जिनियरको शव फेला

मेलम्ची : मेलम्ची खानेपानी आयोजनाकोे सुरुङ परीक्षणका क्रममा बेपत्ता दुईमध्ये एक जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङका अनुसार दुईमध्ये एक जनाको शव फेला परेको छ । अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजीकै फेला परेको हो ।

अर्का बेपत्ता अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको भने खोजी कार्य जारी राखिएको छ । हराइ रहेका थाप मगरको खोजिका लागि सशस्त्र प्रहरीको तालिम प्राप्त गोताखोरको टोली घटनास्थल पुगेको छ ।


प्रकाशित | ३१ असार २०७७, बुधबार २०:०२