टोटेनहम नकआउट चरणमा, आर्सनलको पनि जित

एजेन्सी – युरोपा लिग फुटबलमा टोटेनहमले बराबरी खेल्दै अंक बाँडेको छ ।बिहिबार राति समूह जेको खेलमा टोटेनहमले अष्ट्रियन क्लब लास्कसंग ३–३ गोलको बराबरी खेल्दै नकआउट चरण प्रवेश गरेको छ ।
खेलमा अग्रता ४२ औं मिनेटमा घरेलु टोली लास्कले पिटर मिकोरलको गोलमा लिएको थियो ।पहिलो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै ग्यारेथ बेलले खेल बराबरीमा ल्याएका थिए ।

५६ औं मिनेटमा ह्युङ मिन सनले टोटेनहमलाई २–१ ले अघि बढाएका थिए ।खेल सकिन ६ मिनेट अघि घरेलु टोलीका जोहान्स एगेन्स्टीनले खेल २–२ मा पुर्याएका थिए ।

डेली अलीले खेलको अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई जितको नजिक पुर्याएका थिए । तर ईन्जुरी समयमा लास्कका ममौदो करमोकोले गोल गर्दै टोटेनहमसंग अंक खोस्न सफल रहे ।

खेलपछि टोटेनहमका प्रशिक्षक जोसे मौरिन्होले खेलाडीको आचरणमा प्रश्न उठाए ।‘मलाई लाग्छ यो आचरणको प्रश्न हो । जो मैले यसअघि म्यान्चेष्टर युनाईटेडमा देखेको थिए ।’ मौरिन्होले भने, ‘त्यही अवस्था क्लबमा देखिएको छ । हामीले दुई अवे म्याच समूहमा गुमाएका छौ ।’

समूहमा शीर्ष क्लब एन्टवर्पको १२ अंक छ । दोस्रो टोटेनहमको १० अंक छ । लास्क ७ अंक बटुल्दै समूह चरणबाट लगभग बाहिरिएको छ ।

अर्को खेलमा आर्सनलले अष्ट्रियन क्लब ¥यापिट वियनामाथि ४–१ को सहज जित निकालेको छ ।


प्रकाशित | १९ मंसिर २०७७, शुक्रबार १२:५६