एनआरएनए आइसिसी युवा संयोजकमा सुदिप कार्कीको उम्मेदवारी: युवाको नेतृत्व विकास प्रमुख एजेन्डा

काठमाडौं:  गैर आवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी ) युवा संयोजकमा सुदिप कार्कीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । संघको आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको विश्व सम्मेलनमा कार्कीले उम्मेदवार दिने घोषणा गर्नुभएको हो ।

युवा संयोजकमा उम्मेदवारी घोषणासँगै युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको कार्कीले बताउनुभयो । कार्कीले विश्वभरका नेपाली युवाको सीपलाई नेपालका युवासम्म ल्याउने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजनाअनुसार उम्मेदवार दिन लागेको बताउनुभयो ।

कार्कीले नेपाली मौलिक उत्पादनलाई विश्वभर व्यापक प्रचार प्रसार गर्न र उपभोगमा ल्याउन विश्वका हरेक कुनाबाट साथ सहयोग जुटाउनेका साथै विभिन्न मुलुकमा रहेका नेपाली कुटनीतिक नियोगसँगको सहकार्यलाई विश्वसनीय बनाउन भूमिका खेल्नेलगायतका प्रतिबद्धता साथ उम्मेदवारी घोषणा गर्नुभएको हो ।

लामो समयदेखि युएईलाई कर्मथलो बनाउँदै आउनुभएको छ । कार्की एनसीसी यूएईको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । एनआरएनए युएईको २०१५–०१७ कार्यकालको सफलतापूर्वक नेतृत्व निर्वाह गर्नुभएको कार्की अहिले आइसिसी सदस्यको जिम्मेवारी निर्वाह गरिहरनु भएको छ । कार्की एनसिसी अध्यक्ष हुँदा पञ्जीकृत सदस्य संख्या बढाउनेदेखि यूएईमा एनआरएनएलाई सशक्त बनाउन महत्वपूर्ण योगदान छ । विशेष गरि कार्कीलाई सबैभन्दा कान्छो एनसिसी अध्यक्षको रुपमा समेत चिनीन्छ ।

कार्की हरेक क्षेत्रको क्षेत्रीय सम्मेलनदेखि हरेक कार्यक्रममा पुगेर एनआरएन अभियानमा सक्रिय रहँदै आउनुभएको छ । अब आइसिसीको युवा संयोजको पदमा नै बसेर युवाका आवाज सशक्त ढंगले उठाउन र प्रवासमा रहेका युवाको अधिकारको लडाई लड्न आफनो उम्मेदवारी भएको बताउनुभएको छ ।


प्रकाशित | ८ भाद्र २०७६, आईतवार १५:५३