नेपालमा थप २५० जनामा कोरोना संक्रमण पुष्टि, कुल सङ्ख्या चार हजार ६१४ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरसबाट थप २५० सङ्क्रमित भएका छन् । नयाँ सङ्क्रमितमा २३० पुरुष र २० जना महिला रहेका छन् । यो सँगै सङ्क्रमितहरुको कुल सङ्ख्या चारहजार ६१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १८७ डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ८ महिला र १७९ पुरुष रहेका छन् । यो सँगै कुल डिस्चार्ज हुनेको ८६१ सङ्ख्या पुगेको छ । अहिलेसम्म पुरूष ७७४ र महिला ८७ डिस्चार्ज भएका हुन् ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ। मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।


प्रकाशित | २९ जेष्ठ २०७७, बिहीबार १६:४७