मिस नेपाल अनुष्काको ‘ब्यूटी वीथ प्रपोज’ प्रोजेक्टलाई सेभेन समिट फाउन्डेसन अमेरिकाबाट ३७ लाख सहयोग

काठमाडौं : मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको ब्यूटी वीथ प्रपोज प्रोजेक्टको लागि सेभेन समिट फाउन्डेसन अमेरिकाले ३७ लाख रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनले अनुष्को ब्यूटी वीथ प्रपोज प्रोजेक्टको लागि अमेरिकी डलर ३१, ९८१ सहयोग गरेको हो ।

वांशिङटनको लागि नेपाली वाणिज्यदूत समेत रहनुभएको फाउन्डेसनको अध्यक्ष एसी शेर्पाले जुलाई २६, २०१९ मा अमेरिकामा बिजनेस कोल्यारेसन कार्यक्रम आयोजना गर्नुभएको थियो । नेपाल र अमेरिकामा रहेका नेपाली अमेरिकी ब्यवसायीहरुको लागि बिजनेस कोलाबरेशन नामक सो सम्मेलनमा पाउनाको रुपमा अमेरिकामा सहभागि हुनु भएको मिस नेपाल अनुष्का श्रेष्ठको अमेरिका बसाईको छोटो समयमा सो सहयोग संकलन भएको थियो ।

आफनो एकल आयोजनामा लाखौ खर्च गरेर शेर्पाले नेपालको पर्यटन प्रबद्र्धन तथा नेपाल सरकारले मनाउन लागिरहेको भिजीट २०२० लाई सफल बनाउने उद्देश्यले जुलाई २६ मा नेपाल र अमेरिकामा लगानी, त्यसको बजारको अवस्था र सम्भावनाको विषयमा सम्मेलन आयोजना गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल सरकारका राजदूत डा.अर्जुन काकीको प्रमुख आतिथ्यितामा सम्पन्न भएको थियो । सोही अवसरमा कार्यक्रममा मिस नेपाल २०१९ की अनुष्का श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।

सोही कार्यक्रममा सहभागी हुनु भएको मिस नेपाल अनुष्कालाई फाउन्डेसन अध्यक्ष एसी शेर्पाको पहलमा छोटो समयमा सो रकम संकलन भएको थियो । अध्यक्ष शेर्पाले मिस नेपाल अनुष्काको अभियानलाई साथ दिने उद्देश्यले छोटो समयको आग्रहमा विभिन्न ठाउँबाट सो रकम संकलन हुन आएको बताउनुभयो । अध्यक्ष शेर्पाले हरेक नेपालीको अभियानलाई सफल बनाउन मिस नेपाल अनुष्काले थाल्नुभएको महिलाहरुको जीवनस्तर उकास्ने प्रोजेक्ट राम्रो लागेर सहयोगी मन बढाएको बताउनुभयो ।

फाउन्डेसनको नेतृत्वमा प्रोगामबाट १६, ३३१ डलर, अमेरिकाको विभिन्न ठाउँमा बसोबास गर्नुहुने न्यूयोर्क सिटीबाट ५,०० डलर, वासिंगटन डिसीबाट २, १०० डलर, क्लोराडोबाट १७५० डलर, सानफासिसोबाट ६, ८०० डलर गरी जम्मा ३१, ९८१ डलर संकलन गरिएको थियो ।  अनुष्काले सिन्धुपाल्चोकका १४० घरपरिवारका आमा र बच्चाहरु लक्षित जीवीकोपार्जनमुखी कार्यक्रम सञ्चालन गर्न लाग्नुभएको हो ।

काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गरि फाउन्डेसले मिस नेपाल अनुष्को प्रोजेक्टको लागि संकलीत रकमको चेक हस्तान्तरण गरियो । फाउन्डेसनको तर्फबाट सल्लाहकार श्याम तामागं, सल्लाहकार मिग्मा तमांग, महासचिव टुक्टी शेर्पाले मिस नेपाल अनुष्का र हिडन टे्जरीका अध्यक्ष गोपाल कक्षपतीलाई संयुक्त रुपमा चेक हस्तान्तरणा गर्नुभयो ।

एनआरएन अभियानमा समेत निकै सक्रियतापूर्व लाग्दै र योगदान पुर्याउँदै आउनुभएको शेर्पा आगामी एनआरएनको अक्टोवरमा हुन लागिरहेको नवौ विश्व सम्मेलनमा सहकोषाध्यक्षको उम्मेदवार समेत हुनुहुन्छ । यसअघि एनआरएनए अमेरिकाज् क्षेत्रको डिआरसीको जिम्मेवारी निर्वाह गर्नुभइसकेको शेर्पालाई विश्वभरीबाट साथ र समर्थन रहने विश्वास गरिएको छ ।


प्रकाशित | ७ भाद्र २०७६, शनिबार २१:५६