‘च च हुई’ गीत रिलीज (भिडियो)

काठमाडौँ : फिल्म ‘च च हुई’को ‘सिल्की सिल्की बाल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा एजिएल, राजनराज शिवाकोटी र श्याम लामिछानेको शब्द तथा राजनराज शिवाकोटीकै संगीत रहेको छ ।

शिशिर खातीको कोरियोग्राफी र सुशान प्रजापतिले छायाङ्कन रहेको उक्त गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री मिरुना मगर र भोलाराज सापकोट फिचर्ड रहेको छ । सम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेको फिल्ममा आर्यन, मिरुना र भोलाराजको साथमा माओत्से गुरुङको पनि मुख्य भूमिका रहेको छ ।


प्रकाशित | ६ भाद्र २०७६, शुक्रबार १३:४०