नेकपा प्रदेश ३ संगठन कमिटिको पहिलो बैठक : प्रदेश कमिटिको चौमासिक कार्ययोजना पारित

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को प्रदेश नम्बर ३ संगठन कमिटिको पहिलो बैठकले बसेको छ । नेकपा प्रदेश नम्बर ३ का अध्यक्ष नारायण दाहालको अध्यक्षतामा बसेको बैठकले विभिन्न चौमासिक कार्ययोजना पारित गरेको प्रदेश ३ सचिव आनन्द प्रसाद पोखरेलले बताउनुभयो ।

सचिव पोखरलेका अनुसार प्रदेश कमिटीको चौमासिक कार्ययोजना अन्तर्गत असार मसान्तभित्रै पार्टी कमिटी एकता, गठन, शुद्धढीकरण र परिचालन गरिने छ । कमिटीको नियमित बैठक ४ महिनामा गर्ने र सचिवालय बैठक आवश्यकता अनुसार बोलाइने निर्णय गरिएको छ ।

त्यस्तै, जेठ १५ गते बस्ने कमिटीको बैठकले प्रदेश सदस्यको कार्यविभाजन, सचिवालय गठन लगायतका काम टुंग्याउने सचिव पोखरेलले बताउनुभयो । बैठकले बैशाख मसान्तभित्र नेकपा ३ नम्बर प्रदेशका स्थानीय तहको पार्टी एकीकरण, संगठन सुद्धृढीकरण गरिसक्ने निर्णय गरेको छ । बैठकले कार्यालय व्यवस्थापनमा एकीकृत कार्यालय स्थानीय तहसम्म सञ्चालन गर्ने, पार्टी सदस्यता एकिकरण र अभिलेखिकरण गर्ने निर्णय समेत भएको छ । यस्तै जनवर्गीय संगठनको प्रशिक्षण असार मसान्तसम्म सम्पन्न गरिसक्ने निर्णय गरिएको छ ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १३:१८