सूर्यविनायकको दोर्लाङ्ग-घ्याम्पेडाँडा सडक स्तरउन्नति शूरु, मेयर बासुदेव थापाद्धारा शिलान्यास

भक्तपुर : सूर्यविनायक नगरपालिका-८ दोर्लाङमा सडक स्तरोन्नतिको कार्य शूरु भएको छ । सूर्यविनायक नगरपालिकाबाट विनियोजित रु एक करोड लागतको दोर्लाङ्ग-घ्याम्पेडाँडा सडक स्तरउन्नतिको काम शूरु भएको हो ।

May be an image of 3 people, people standing, people sitting and outdoors

सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले एक कार्यक्रमकाबीच दोर्लाङ्ग-घ्याम्पेडाँडा सडकको स्तरउन्नति शिलान्यास गर्नुभयो । सो अवसरमा मेयर थापाले स्तरउन्नतिको कार्य समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।

May be an image of 10 people, people standing, people sitting and outdoors

सूर्यविनायकका हरेक आयोजनाहरु समयमै सम्पन्न हुने गरेको बताउँनुहुँदै मेयर थापाले नगरबासी सबैको सहयोगले विकास निर्माण तीब्र गतिमा अगाडि बढिरहेको बताउनुभयो ।

May be an image of 11 people, people sitting, people standing and outdoors

कार्यक्रममा बाग्मती  प्रदेश सभा सदस्य किरण थापा, वडाध्यक्ष पुष्पराज बस्नेतलगायत स्थानीय जनप्रतिनिधि र स्थानीयबासीको सहभागिता थियो ।


प्रकाशित | १ पुष २०७९, शुक्रबार २०:५७