एक घन्टामै लन्डन–न्यूयोर्क यात्रा

लन्डन: वैज्ञानिकहरुले आवाजको गती भन्दा २५ गुणा तीव्र गतीमा उडान भर्दाको समयमा जेट इन्जिन पग्लने अवस्था रोक्ने प्रविधिको सफल परिक्षण गरेपछि हाइपरसोनिक जेटको यात्रा सम्भव हुने भएको छ । रियाक्सन इन्जिनका अनुसन्धानकर्मीहरुले ३।३ म्याक अर्थात प्रति घन्टा ४ हजार २३ किलोमिटरको गतीमा प्रि–कुलरको काम व्यवस्थित गर्न सफल भएका छन् । यसको अर्थ ठूलो अनुपातको हाइपरसोनिक इन्जिनलाई यात्रु जेटमा जडान गर्न सकिन्छ ।

परिक्षणको नयाँ चरणले ५।५ म्याका अर्थात ६ हजार ८०० किलो मिटर प्रति घन्टाको प्रविधि ल्यायने सोच बनाएको छ । यो गतीको विमानबाट यात्रा गर्दा लन्डनबाट न्यूयोर्कको यात्रा गर्नका लागि १ घन्टा भन्दा कमको अवधि लाग्ने छ ।रियाक्सनले कोलोराडोाको भूमिमा परिक्षण सुविधाको निर्माण गरेको छ र जनरल इलेक्ट्रिक जे–७९ टर्बो इन्जिनको प्रयोग गरेको छ । यसले विमानको गती हाइपरसोनिक हुनेछ ।
फर्मले पुन प्रयोग गर्न सकिने सवारी निर्माण गर्ने अपेक्षा समेत गरेको छ । यसले रकेटको शक्ति र गतीका साथ जेट इन्जिनको इन्धन क्षमता पनि बढाउने छ ।

अक्सफोर्डसाइरमा रहेको रियाक्सनले यो नयाँ सुपरसोनिक विमानले न्यूयोर्कदेखि लन्डनको यात्रामा १ घन्टा भन्दा पनि कमको अवधिमा पुरा गर्ने विश्वास लिएको छ । कम्पनीले मानिस र भारीलाई अन्तरिक्षमा लैजाने र पृथ्वीमा फर्काउने इच्छा समेत व्यक्त गरेको छ ।
रियाक्सन इन्जिनका प्रवक्ताले यो प्रविधि यात्रु जेटमा प्रयोग गरिने विषयबाट अभैm दसकौ पर भएपनि तत्कालकका लागि प्रयोग गर्न सकिने बताएको डेली मेलले जनाएको छ । एजेन्सी


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १२:०२