हिमपात र वर्षाको सम्भावना, आज केही ठाउँमा हल्का पानी पर्ने

काठमाण्डौ – आज केहि ठाउँमा फेरि पानी पर्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज केही ठाउँमा र भोलि, पर्सि भने देशका धेरै ठाउँमा वर्षा हुने भएको छ ।

आज गण्डकी र प्रदेश १ का एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । आज रातिदेखि भने सुदूरपश्चिम प्रदेश हुँदै पश्चिमी न्यून चापीय प्रणाली भित्रने भएकाले रातिदेखि नै पश्चिमी क्षेत्रको मौसम बद्ली भई पानी पर्नेछ ।

सुदूरपश्चिम हुँदै देशैभर फैलिने भएकाले भोलि सुदूरपश्चिमसहित कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश १ का धेरैजसो ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । पर्सि पनि हिमपात र वर्षाको सम्भावना छ । शनिबार भने मौसममा केही सुधार आउन सक्ने मौसमविद्ले बताएका छन् ।

मौसम बद्लीसँगै वर्षा र हिमपात हुने भएकाले चिसो अझै बढ्ने छ । अहिले पनि काठमाण्डौै उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु लागेको छ । आज दिउँसो केहीबेर घाम लागे पनि फेरि मौसम बद्ली हुनेछ । भोलि र पर्सि भने देशभरकै मौसम पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् ।


प्रकाशित | १९ माघ २०७८, बुधबार ०९:४४