एनआरएनए आयरल्याण्डको अध्यक्षमा मिलन छन्त्याल निर्वाचीत

आइरल्यान्ड : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को अध्यक्षमा मिलन छन्त्याल निर्वाचीत हुनुभएको छ । एनआरएनए एनसिसी आयरल्यान्डको सातौ अधिवेशनबाट छन्त्याल अध्यक्षमा निर्वाचीत हुनुभएको हो । अधिवेशनले आइसिसी सदस्यमा विनोद कार्कीलाई निर्वाचीत गरेको छ ।

  त्यस्तैगरि, खुल्ला उपाध्यक्षमा राम प्रसाद सापकोटा, अब्यदय पानी गौतम, महिला उपाध्यक्षमा सुनीता कार्की महासचिवमा ओम अधिकारी, सचिवमा प्रेम प्रसाद घले, कोषाध्यक्ष्माा सुमन गुरुगं, सहकोषाध्यक्षमा जयन्द्र राना, सदस्यहरुमा दिपा राई, प्रकाश लामा, निशान्त शर्मा, पुस्कर बम्मजन र बाबु कृष्ण कटुवाल निर्वाचीत हुनुभएको छ । त्यस्तै, महिला संयोजकमा अञ्जु काफ्ले र युवा संयोजकमा अनीस भण्डारी निर्वाचीत हुनुभएको छ । महिला सदस्यमा भने करुण थापा निर्वाचीत हुनुभएको छ ।

कार्यक्रममा एनआरएनए आइसिसीको तर्फबाट उपाध्यक्ष कुल आचार्यले एक कार्यक्रमकोबीच उद्घाटन गर्नुभएको थियो । निवर्तमान अध्यक्ष नवराज कोइरालाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा एनसिसीका विभिन्न प्रतिवेदन समेत पारित गरिएको थियो । नवनिर्वाचीत अध्यक्ष छन्त्यालले अब आयरल्यान्डलाई आर्थिक पारदर्शिता बनाउने उद्घोष गर्दै नमूना एनसिसी बनाउने गरि उदाहरणीय कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

 


प्रकाशित | ३ भाद्र २०७६, मंगलवार १९:०२