शिव शिखर बहुउद्देश्यीय सहकारीद्धारा कमलविनायमा गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर सञ्चालन

भक्तपुर : शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि.को सदस्य सेवा केन्द्र कमलविनायक, भक्तपुर न.पा. १० को मातहतमा संचालन हुने गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको बिक्री शुभारम्भ भएको छ । सोमबार एक कार्यक्रमकाबीच डिपार्टमेन्ट स्टोरको शुभारम्भ भएको हो ।

उक्त मार्टमा दैनिक उपभोग्य लगायत अन्य आवश्यक सामग्रीहरु सुपथ मुल्यमा उपलब्ध छन । यो मार्ट उक्त सहकारीले संचालन गरेको दोश्रो मार्ट हो । संस्थाले यस अघि सदस्य सेवा केन्द्र डडेलधुराबाट पहिलो गार्डेन मार्ट संचालनमा ल्याएको हो ।

सो संस्थाले २०७७ साल भरमा उपत्यकामा ५० बटा र नेपाल भर २०० बटा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ । यस बाट स्थानिय स्तरमा रोजगारी सृजनाहुनुका साथै सहकारी संस्थाका सदस्य लगायत उक्त क्षेत्रका आम उपभोक्तालाई एउटै छाता मुनी बाट उपभोग्य सामग्रीको प्राप्ती सुपथ मुल्यमा हुने भएकोले समय र पैसाको वचत हुने शिव शिखर बहउद्देश्यीय सहकारी संस्था लि.का मुख्य प्रवन्धक लिलानाथ गौतमले बताउनुभयो ।

त्यस्तै, प्रवन्धक गौतमले उदघाटनको क्रममा रहेको कमलविनायको गार्डेन मार्टमा भक्तपुरबासीले देखाउनु भएको उत्साहजनक सहभागिताको लागि धन्यवाद ज्ञापन गर्दै आवश्यक सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन दत्त चित्त भएर लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।


प्रकाशित | १३ आश्विन २०७७, मंगलवार १२:३३