सिंगापुरमा कोरोना विरुद्धको खोप लगाउन सुरू

एजेन्सी । सिंगापुरमा कोरोना विरुद्धको खोप लगाउन थालिएको छ ।
बुधबार बिहानबाट सिंगापुरमा पनि कोरोना विरुद्धको खोप लगाउन थालिएको हो ।
यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने जानकारी गराइएको छ ।
सिंगापुरको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वासथ्यकर्मीहरुलाई दिइने बताइएको छ । सोही किसीमले तयारी भएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
उक्त एनआइडिसीका कम्तीमा पनि ३० जना कर्मचारीका साथै अरु अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मीहरु र उक्त केन्द्रका प्रशासनका कर्मचारीहरुलाई पहिलो चरण्मा खोप लगाइने छ ।


प्रकाशित | १५ पुष २०७७, बुधबार १३:५१