भक्तपुरमा अस्ट्रेलियन एजुकेसन कन्सल्टिङ्को ९औ शाखा

भक्तपुर :  काठमाडौको बागबजारमा केन्द्रीय कार्यालय रहेको अस्ट्रेलियन एजुकेसन कन्सल्टिङ् प्रा. लि. र अष्ट्रेलियाको मेल्बोर्न मा रहेको ए ई सि माईग्रेसन एण्ड एजुकेसनले आफ्नो ९ औ शाखा भक्तपुरको सुर्यबिनायकमा खोलेको छ। पुर्व मन्त्री एवम सभासद महेश बस्नेतको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको कन्सल्ट्र्ङ प्रा. लि. ले ईटहरी, दमक, बिराटचोक, ईलाम, पोखरा, बिर्तामोड, बुटवल, चितवनपछि भक्तपुरको सुर्यबिनायकमा शाखा खोली सेवा शूचारु गरेको हो ।

भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक लगायतका बिदेश पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरि खोलिएको कन्सटेन्सीले अब काठमाडौ सम्म धाउन नपर्ने र सम्पुर्ण काम यहीबाट गर्न सकिने सुर्यबिनायक शाखाकी प्रमुख गिता पण्डित (बस्नेत) ले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरकी उप प्रमुख सरिता कुंवर, सुर्यबिनायक न पा ७ का वडा अध्यक्ष रविन्द्र सपकोटा, प्रहरी नायव उपरिक्षक रेवती रमण पोखरेल, अस्ट्रेलियन एजुकेसन कन्सल्टिङ प्रालिका संस्थापक होम दवाडी, समाजसेविहरु अर्जुन खतिवडा, हिरामायां शेर्पा, उत्तरा नेपाल लगायतको उपस्थिति रहेको थियो।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार २१:३३