एक वर्षको क्रिकेट यात्रा उत्कृष्ट रह्यो : सन्दीप लामिछाने

एजेन्सी : नेपाली लेग स्पिनर सन्दीप लामिछाने ५० विकेट पुरा गरेपछि एक वर्षको क्रिकेट यात्रा उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभएको छ । एक वर्षमा ५० विकेट लिनु अद्धभुत हो । अझैं लामो यात्रा तय गर्न बाँकी छ सन्दिपले दिल्ली क्यापिटल्ससँग कुरा गर्दै भन्नुभयो, ‘सम्रगमा मलाई लाग्छ बेंगलोरसँगको खेल राम्रो भयो । कागिसो रबाडाको प्रर्दशन उत्कृष्ट थियो ।’

मेरो अन्तिम ओभर भने धेरै खराब रह्यो तर राम्रो सोचको आवश्यक छ । टिमको जितमा धेरै खुसी लागेको छ । प्लेअफ पुग्न हाम्रा लागि हरेक खेल महत्वपूर्ण छन्,’ सन्दीपले भन्नुभयो । सुरुवाती २ खेलमा बेन्चमा बस्नुभएको सन्दीपले जारी आईपीएलमा ४ खेलमा ५ विकेट लिनुभएको छ । दिल्लीले ६ खेलमा ३ मा जित र ३ मा हारका साथ ६ अंक जोड्दै अंक तालिकामा पाँचौ स्थानमा हुनुहुन्छ । दिल्लीले आफ्नो सातौं खेल आगमी १२ अप्रिलमा कोलकता नाइट राइर्डसँग खेल्नेछ ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार १९:२५