बुद्ध एयरले थाल्यो भारतको कोलकोता उडान भर्ने तयारी

काठमाडौं : बुद्ध एयरले भारतको कोलकोता उडान भर्ने तयारी थालेको जनाएको छ । भारतमा रेगुलर उडान गरेको बुद्धले भारतको कोलकोतामा पनि उठान भर्ने तयारी थालेको हो । बुद्ध एयरले आगामी जेठ १३ बाट एटीआर ७२–५०० बाट भारतको कोलकोता उडान भर्ने तयारी गरेको हो ।

हाल राष्ट्रियस्तरमा बुद्धले काठमाडौँबाट पोखरा, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, नेपालगन्ज, लम्लिङटार, सिमरा, सुखेतमा उडान भर्दै आएको छ भने कम्पनीले काठमाडौँबाट एभरेस्ट एक्स्पेरियन्स, पोखरा माउन्टेन फ्लाइट (एक्स्पेरियन्स अन्नपूर्ण) को उडान गर्दै आएको छ । बुद्धले हरेक दिन ६० वटा उडान भर्ने गरेको जनाएको छ । बुद्धले नेपालबाहेक भारत र भुटानमा पनि उडान गर्दै आएको छ ।

बुद्धका साना ठूला गरी १२ वटा जहाज सञ्चालनमा छन् । बुद्धसँग ७२ सिटका एटीआर विमान ७ वटा, ४७ सिटका ३ वटा र १८ सिटका २ वटा जहाज सञ्चालनमा छन् । कम्पनीसँग ७ वटा एटीआर ७२–५००, ३ वटा एटीआर ४२–३२० र २ वटा विचक्राफ्ट १९००डी रहेका छन् ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार १२:४२