श्रीलङ्कामा भएको आक्रमणको जिम्मा इस्लामिक स्टेट (आईएस) ले लियो

एजेन्सी: श्रीलङ्कामा आइतबार भएको आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ । ३२१ जनाको ज्यान जाने गरी गराइएको बम विस्फोटको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले लिएको हो । आईएसले आफूले विस्फोट गराएको कुनै आधिकारिक प्रमाण पेश नगरे पनि मंगलबार आफ्नो समूहको समाचार एजेन्सी एएमएक्यूमार्फत विस्फोटको जिम्मा लिएको छ ।

राजधानी कोलम्बोलगातका विभिन्न शहरमा रहका चर्च र होटलमा भएको विस्फोटमा परि ५०० भन्दा बढी घाइते भएका थिए । श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटमा परि सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्वारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागू हुनेगरी सङ्कटकाल घोषणा गरिएको हो ।

श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परि ३२१ जनाको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन सङ्कटकालको घोषणा गरिएको हो । राष्ट्रपति कार्यालयको सञ्चार विभागद्वारा जारी वक्तव्यमा नागरिकको सुरक्षा सुनिश्चितताका लागि सङ्कटकाल घोषणा गरिएको उल्लेख छ । राष्ट्रपति सिरिसेनाले मंगलबार दिन राष्ट्रिय शोक मनाउने घोषणा पनि गरेको सञ्चार विभागले जनाएको छ ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १९:१६