विश्वभरीबाट सबैको चाहाना एनआरएनएमा सोनाम लामा

न्यूर्योक: गैर आवासीय नेपाली संघ (एनआरएनए ) को आसन्न निर्वाचनमा एनआरएनए अभियन्ता सोनाम लामालाई नेतृत्वमा तहमा छुटाउनु नहुनेमा एनआरएन अग्रजदेखि सबै तह तप्काका ब्यक्तीहरुले दबाब दिनुभएको छ । गैर आवासीय नेपाली संघको ८० वटा एनसिसी गठन भइसकेको अवस्थामा विश्वभरीबाटै लामालाई नेतृत्व तहमा आउँन दबाब परिरहेको हो ।

एनआरएनए यूरोप क्षेत्रको इटालीमा भएको क्षेत्रीय बैठकको अवसरमा विश्वभरीबाट सहभागी अग्रजहरुले लामालाई नेतृत्व तहमा आउँन भन्दै दबाब दिनुभएको थियो । लामा जस्ता संस्थाको लागि योगदान गरेको र काम गर्न सक्ने ब्यक्तीलाई एनआरएनमा छुटाउन नहुने भन्दै सबैको रोजाईमा एनआरएनए अभियन्ता सोनाम लामा पर्नुभएको हो ।

विशेष गरि एनआरएनएका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरुदेखि वर्तमान नेतृत्व, आइसिसी पदाधिकारी तथा विभिन्न क्षेत्रका एनआरएन नेताहरुले नेतृत्व तहमा आउँनुपर्छ भन्दै लामालाई आफूहरु सम्मानजनक पद  दिदैं  स्वागत गर्न तयार रहेको बताउनुभएको थियो ।

विश्वभरीबाट कुन पदमा उठ्ने भन्ने विषयमा सबैको चिन्ता र चासो तथा सहयोग गर्ने वचनबद्धता भइरहँदा लामाले भने राम्रो नेतृत्व र नेतृत्व तहमा काम गर्न सक्ने ब्यक्तीहरुलाई समावेश गराएर समावेश टिम बनेमा आफू उपाध्यक्षमा उठ्न तयार रहेको चाहाना ब्यक्त गर्नुभएको छ । एनआरएनमा राम्रा, काम गर्न सक्ने, समावेशी ब्यक्तीहरुलाई समेटेर अगाडि बढेमा मात्र उपाध्यक्षमा आउँन लामा तयार हुनुहुन्छ । । तर एनआरएनको नाममा राजनीतिकरण भएमा भने एनआरएनमा आउँने चाहाना नरहेको लामाले स्पष्ट पार्नुभयो ।


प्रकाशित | २५ श्रावण २०७६, शनिबार २१:१०