ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

चितवन : मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भरतपुर बिग्रिएर रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको हो । सडक छेउमा रोकिराखिएको राँगा बोकेको ना ६ ख ५७२९ नम्बरको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना २० प ७५१८ नम्बरको मोटरसाइकल आईतवार राति साढे ८ बजे ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार कास्की पोखरा महानगरपालिका–३१ का १६ वर्षीय सरोज भुजेलको मृत्यु भएको हो । प्रहरीका अनुसार घाइते भुजेलको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राति १० बजे मृत्यु भएको हो। चालक तनुहुको देवघाट गाउँपालिका–५ का ४० वर्षीय महेश्वर कँडेल गम्भीर घाइते छन् ।


प्रकाशित | २५ चैत्र २०७५, सोमबार ०९:१७