ग्याल्पो ल्होसारको अवसरमा भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ-बीहिबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने जनाएको छ ।

गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।


प्रकाशित | १८ फाल्गुन २०७८, बुधबार १५:१३