रवि लामिछानेको प्रतिक्रिया : म अनागरिक भएँ, रास्वपाको अध्यक्ष पनि रहिनँ

काठमाडौं : रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताउनु भएको छ । लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताउँदै कुनै प्रश्नको जवाफ आफूसँग नभएको बताउनुभयो ।

गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले भन्नुभयो, ‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन ।’

सर्वोच्च अदालतले नागरिकता अवैध रहेको फैसला गरेपछि सञ्चारकर्मीहरुसँग प्रतिकृया दिँदै उहाँले अदालतको फैसलाको स्वागत गर्ने र स्वीकार गर्ने बताउनुभयो ।


प्रकाशित | १३ माघ २०७९, शुक्रबार २०:१५