बालुवाटारमा रहेको सुविसुको कार्यालयमा आगलागी

काठमाडौं : निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको बालुवाटारस्थित कार्यालयमा बुधबार भीषण आगलागी भएको छ। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसु कार्यालयमा आज अपराह्न आगलागी भएको जानकारी दिनुभयो । “ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान छ”, उहाँले भन्नुभयो । आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । यद्यपी यसको क्षतीको विवरण भने आउँन सकेको छैन ।


प्रकाशित | २२ श्रावण २०७६, बुधबार १४:४९