काठमाडौं विस्फोट अपडेट : घाइते ५ जनाको टिचिङ र ओम अस्पतालमा उपचार हुँदै

काठमाडौं: काठमाडौंमा विस्फोटमा घाइतेको त्रिवि शिक्षण अस्पताल र ओम अस्पताल उपचार भइरहेको छ । अनामनग र सुकेधारमा भएको विस्फोटमा परेर घाइते भएकालाई त्रिवि शिक्षण अस्पताल र ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विस्फोटमा परि अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको हो भने सुकेधारमा २ जनाको मृत्यु भएको छ। विस्फोटमा ५ जना घाइते छन्। आइतबार अपराह्न अनामनगरस्थित घट्टेकुलाको एक घरको कोठामा बिस्फोट हुँदा १ जना र सुकेधाराको ढलाने पुलस्थित सैलुनमा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन्


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार १८:३९