चाँगुनारायण नगरपालिकाद्धारा विद्यालयस्तरीय निशुल्क आँखा शिविरको आयोजना

भक्तपुर : चाँगुनारायण नगरपालिकाले विद्यालयस्तरीय निशुल्क आँखा शिविरको आयोजना गरेको छ । नगरपालिकाकाको स्वास्थ्य शाखाको आयोजनामा निशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।

आँखा पाक्ने रोगको संक्रमण बढिरेहको बेला नगरपालिकाले विद्यार्थीहरुको निशुल्क आँखा जाँच गरेको शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख बिर बहादुर खड्काले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक समेत रहनु भएको खडकाका अनुसार वडा नंं २ दुवाकोटबाट शुरु गरिएको शिविर अन्य विद्यालयमा पनि सञ्चालन गरिनेछ ।

यो शिविर विशेष गरि आँखा पाक्ने रोगको पहिचान गर्ने, आँखा जाँच र उपचार, औषधि वितरण र विद्यार्थीलाई जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको हो ।


प्रकाशित | ३० श्रावण २०८०, मंगलवार २१:१६