भिर्गिल र मेडीमालाई ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड

एजेन्सी : इन्ग्लिश क्लब लिभरपुलका डिफेन्डर भिर्गिल भान डिज्कले ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । यस सिजनको उत्कृष्ट खेलाडी बन्दै डच डिफेन्डर भिर्गिलले प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने अवार्ड जितेका हुन् । भिर्गिललाई आइतबार राति पीएफएले अवार्ड प्रदान गरेको थियो ।

यस अवार्ड जित्ने क्रममा भिर्गिलले मनोनयनमा परेका अन्य ५ खेलाडीलाई पछि पारेका थिए । अवार्डका लागि भिर्गिलसंगै म्यानचेस्टर सिटीका सर्जियो अग्युरो, बर्नार्डो सिल्भा, रहिम स्ट्रर्लिङ, लिभरपुलका साडियो माने र चेल्सीका फरवार्ड इडेन हाजार्ड मनोनयनमा परेका थिए ।

यस्तै महिलातर्फ आर्सनलका फरवार्ड भिभियन मेडीमाले अवार्ड जितिन् । बर्षको युवा खेलाडीको अवार्ड म्यानचेस्टर सिटीका रहिम स्ट्रर्लिङले हात पारे । उनले युनाईटेडका मार्कुस राष्फोर्ड, बर्नेमाउथका डेभिड ब्रोक्स, लिभरपुलका ट्रेन्ड आर्नोल्ड, वेष्ट ह्यामका डिक्लेन राइस र सिटीका बर्नार्डो सिल्भालाई पछि बनाए ।  महिलातर्फको युवा खेलाडीको अवार्ड सिटी कै जर्जिया स्टेनवेले जितिन् ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार ११:०४