एनआरएनए आईसीसीको ‘प्रथम विश्व स्वास्थ्य सम्मेलन’ अमेरिकाको एटलान्टामा हुँदै

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसी ‘ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटी’ को संयोजनमा अमेरीकाको एट्लान्टा शहरमा प्रथम विश्व स्वास्थ्य सम्मेलन तथा हेल्थ फेस्टिबल अयाोजना गरिने भएको छ । सम्मेलन आगामी २० २२ सेप्टेम्वर, मा आयोजना गरिन लागिएको हो ।

एनआरएनए ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटीका संयोजक डा. संजीव सापकोटाका अनुसार सम्मेलन तीन दिन सम्म चल्नेछ । सो अवसरमा मेडिकल क्याम्प तथा स्वास्थ्य सम्बन्धी विभिन्न सेसनहरु सञ्चालन गरिनेछ । साथै सम्मेलनको निस्कर्षसहित विश्व स्वास्थ्य घोषणापत्रसमेत जारी गरिनेछ । सम्मेलनमा न्यूजील्यान्ड, दक्षिण कोरिया, यूके, नाइजेरिया, अमेरिकाबाट प्रतिनिधिको सहभागिता हुनेछ । सम्मेलनमा स्वास्थ्य क्षेत्रमा सराकार राख्ने संसारभरी छरिएर रहेका स्वास्थ्यकर्मीहरूले आफूले गरेका अनुसन्धनात्मक कामहरूलाई कसरी नेपालको स्वास्थ्य क्षेत्रमा उपयोग गर्न सकिन्छ भनेर छलफल गर्ने कार्यक्रम छ।

सम्मेलनको तयारीको लागि एनआरएनए ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटीका संयोजक डा. संजीव सापकोटाको संयोजकत्वमा एउटा मुख्य आयोजक कमिटी र बिभिन्न उपसमितीहरू गठन गरिएको छ। विभिन्न देशमा बस्ने गैर आवासीय नेपालीको स्वस्थ्यकर्मी र एनआरएनए अभियन्ताहरू समाबेश गरेर समिति र उपसमितीहरू गठन भएसँगै तयारी तीब्र पारिएको कमिटिका संयोजक संजीव सापकोटाले जानकारी गराउनुभयो ।

एनआरएनए साईन्टिफिक कमिटीका संयोजक सत्य नारायण चौधरीले सम्मेलनमा स्वास्थ्यसँग सम्बन्धित आफ्नो कार्यपत्र प्रस्तुत गर्न चाहेनलाई globalnepalihealth@gmail.com मेल मार्फत उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ । सम्मेलनमा नेपालको स्वास्थ्य नीतिलाई परिमार्जन र दीगो बनाउन सहयोग मिल्ने खालका ब्यक्तिगत तथा सामुदायिक स्वस्थ्यसँग सम्बन्धित मौलिक अनुसन्धनात्मक कार्यपत्रहरूलाई बिशेष प्रार्थमिकता दिइने संयोजक चौधरीले जानकारी गराउनुभयो ।


प्रकाशित | १९ श्रावण २०७६, आईतवार १०:५३