जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण रोक्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले जन्मसिद्धको आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण रोक्न अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता वालकृष्ण न्यौपानेले दायर गरेको रिटमा न्यायाधीशहरु शुष्मालता माथेमा र ईश्वर खतिवडाको संयुक्त इजलासले नागरिकता वितरण तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो ।

गृह मन्त्रालयले चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता प्राप्त गरेकाका सन्तानलाई कानुनबमोजिम वंशजको नागरिकता दिन परिपत्र गरेपछि परिपत्र गलत रहेको दाबी गर्दै अधिवक्ता न्यौपानेले रिट दायर गर्नुभएको थियो ।

नेपालको अन्तरिम संविधान २०६३ अनुसार नेपालमा २० वर्ष बसोबास गरेका नागरिकलाई जन्मसिद्धको नागरिकता वितरण गर्ने ब्यवस्था गरेकोमा त्यस्तो नागरिकता पाएकाको संख्या १ लाख ९६ हजार भन्दा बढी रहेको गृह मन्त्रालयको तथ्याङ्क छ ।


प्रकाशित | २४ बैशाख २०७६, मंगलवार १८:३८