मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न १ सय २६ स्वास्थ्य संस्थाको आवेदन

काठमाडौं: मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १ सय २६ स्वास्थ्य संस्थाले आवदेन दिएका छन् । कामदारको स्वास्थ्य परीक्षणमा सूचीकृत हुन १ सय २६ स्वास्थ्य संस्थाहरूले आवेदन दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाले जनाएको छ।

मलेसिया रोजगारीका लागि पठाइने कामदारहरूको स्वास्थ्य परीक्षणका लागि आवदेन दिएका सस्थाहरूको स्वास्थ्य परीक्षण मापदण्ड पूरा हुनका लागि विभिन्न भौतिक तथा मानव संसाधन हुनुपर्छ । मापदण्डअनुसार अत्याधुनिक एक्सरे मेसिन, डिजिटल रेडियोग्राफी प्रविधि, एक्सरे रिपोटिङ रुम, पर्याप्त कुर्ने रुम सहितको रेडियोग्राफी डिपार्टमेन्ट हुनुपर्छ । त्यस्तै, १४ प्रकारका परीक्षणका लागि आवश्यक केमिकल र विभिन्न १७ प्रकारका आवश्यक उपकरण हुनुपर्ने मापदण्ड तोकिएको छ ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार १८:५१