२५६३औँ बुद्धजयन्तीको अवसरमा तिलौराकोटबाट लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै प्रधानन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्माओलीले आज तिलौराकोट पुगेर लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गर्नुुहुने भएको छ । २५६३औँ बुद्धजयन्ती, लुम्बिनी दिवसको अवसरमा प्रधानमन्त्री ओलीले आज लुम्बिनी ध्रमण वर्ष २०७६ घोषणा गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रम उद्घाटनका लागि शुक्रबार तिरौलाकोट पुगिसक्नु भएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलका अनुसार शुक्रबार प्रधानमन्त्रीले बुद्धको क्रीडास्थल तिलौराकोटको अवलोकन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि तथा उत्खनन र अनुसन्धानबाट प्राप्त उपलब्धिबारे जानकारी गराउनुभएको थियो । विगत ६ वर्षदेखि तिलौराकोटमा उत्खनन चलिरहेको छ। वर्षमा दुई महिना मात्र उत्खनन गरिने हुनाले काममा ढिलाइ भएको भिक्षु मैत्रेयले प्रधानमन्त्री ओलीलाई अवगत गराइएको थियो ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार ०७:४३