एनआरएनए निर्वाचन : ५ सदस्यीय अनुगमन समिति गठन

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को यही २४ र २५ मार्चमा हुने गइरहेको निर्वाचनका लागि एक अनुगमन समिति गठन गरिएको छ । संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो।

संघको विधान २०२१ को दफा २१ को उपदफा ८ अनुसार उक्त निर्वाचन अनुगमन समिति गठन गरिएको बताइएको छ ।

अनुगमन समितिमा पूर्व अध्यक्ष देवमान हिराचन, जीवा लामिछाने, शेष घले र भवन भट्ट सदस्य रहनु भएको छ । तर उता हिराचन र घले समुहले भने छुट्टै महाधिवेशन आयोजक समिति र निर्वाचन कमिटि गठन गर्दै २२-२५ मार्चमा निर्वाचन गर्ने घोषणा गरिसकेका छन् ।


प्रकाशित | ३ चैत्र २०७८, बिहीबार १०:११