सबैको रोजाईमा एनआरएनए उपाध्यक्षका उम्मेदवार सोनाम लामा, उपाध्यक्षमा सबैभन्दा बढी मत आउने आंकलन

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्ष उम्मेदवार सोनाम लामा सबैको रोजाईमा पर्नुभएको छ । संस्थालाई समावेशी बनाउनुपर्छ र सबैको साझा संस्थाको रुपमा विकास गर्नुपर्छ भन्ने अभियानमा लाग्नुभएको लामा यस पटकको निर्वाचनमा सबैको रोजाईमा पर्नुभएको हो ।

संस्थामा लामो समय काम गर्दै अनुभव हासिल गर्नुभएको लामा सबैको साझा उम्मेदवार समेत बन्न सफल हुनुभएको छ । लामा उपाध्यक्ष उम्मेदवारमध्य सबैभन्दा अगाडि रहेको आंकलन गरिएको छ । यस पटक लामाले उपाध्यक्षमध्य सबैभन्दा बढी मत पाउने आंकलन समेत गरिएको छ । संघको निर्वाचन आज साझ ५ बजेदेखि शूरु हुँदैछ ।

एनआरएन आइसिसीको भूतपूर्व अध्यक्ष देवमान हिराचनदेखि जीवा लामिछाने र शेष घलेसँग निकै निकट भएर काम गर्नुभएको लामाको एनआरएनमा ठूलो योगदान छ । विशेष गरि एनआरएन भवन, लाप्राक पोजेक्टमा उहाँले करोडौ सहयोग गर्नुभएको छ ।   लामा हरेक सामाजीक कार्यमा समेत सक्रिय हुनुहुन्छ । लामाले मुक्तीनाथ मन्दिरमा करोडौ खर्चेर बुद्धको मूर्ति  निर्माण गर्दै सबैलाई गतिलो पाठ समेत सिकाउनुभएको छ ।

गैर आवासीय नेपाली संघको स्थापना कालदेखि नै अभियानमा सक्रियतापूर्वक लाग्दै आउनुभएको लामाले सन २००९ मा एनआरएनए आइसिसी सदस्य भएर जिम्मेवारी निर्वाह गर्नुभयो । २००९ देखि २०१३ सम्म गरि दुई कार्यकाल आइसिसी सदस्य भएर जिम्मेवारी निर्वाह गर्नुभएको लामाले आइसिसी सदस्य हुँदा पनि निकै महत्वपूर्ण कार्य गर्न सफल हुनुभएको थियो ।

लामाले सन २०१३ देखि २०१५ मा गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको क्षेत्रीय सह संयोजक (डिआरसी) को जिम्मेवारी निर्वाह गर्नुभयो । सन २०१५ देखि २०१७ कार्यकालमा लामाले अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजक ९आरसी ० पद्को जिम्मेवारी निर्वाह गर्नुभयो ।  लामा संघको अघिल्लो आठौ विश्व सम्मेलनमा उपाध्यक्षको प्रतिस्पर्धी हुनुहुन्थ्यो ।


प्रकाशित | २९ आश्विन २०७६, बुधबार ०७:४४