लामखुट्टेबाट बच्न यसो गर्नुहोस्

१. लामखुट्टे भगाउन मच्छड धूपबाहेक अर्को विकल्प पनि छ । यसका लागि तपाईं बिहान–बेलुका कोठामा कपुर जलाउन सक्नुहुन्छ । यसो गर्दा लामखुट्टे भाग्छन् । यदि वर्षायाममा किराले टोक्ने गरेको छ भने पनि नरिवलको तेलमा एक टुक्रा कपुर मिलाएर प्रभावित ठाउँमा लगाउन सक्नुहुन्छ ।

२. नीमको तेललाई ढोका, झ्याल र दराजमा लगाउँदा पनि लामखुट्टेको समस्या दूर भएर जान्छ ।

३. मुलायम कटनको टुक्रामा कपुर, दुईवटा अलैँची र ल्वाङ पोको पारेर बच्चाको छेउछाउमा राख्दा लामखुट्टे भाग्छ । या लामखुट्टे जम्मा हुने ठाउँमा पनि यस्तो पोका राख्न सक्नुहुन्छ ।

४. लामखुट्टेबाट बच्न तपाईं कागतीलाई काटेर त्यसमा दुई–तीनवटा ल्वाङ लगाई कोठामा राख्न सक्नुहुन्छ । जसले लामखुट्टेलाई रोक्ने काम गर्छ । किराले टोकेको ठाउँमा ल्वाङको फूल लगाउँदा पनि राहत महसुस हुन्छ ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार २२:०३