भक्तपुर नगर क्षेत्रभित्र भदौ १५ सम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय

भक्तपुर -भक्तपुर नगरपालिकाले सार्वजनीक यातायात सञ्चालनमा रोक लगाएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग मंगलबार भएको छलफलले सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस काठमाडौं उपत्यकालगायत विभिन्न सहरहरुमा पनि दैनिक सयौंको संख्यामा संक्रमितहरु थपिरहेको तथा भक्तपुरमा पनि संक्रमितहरु बढ्दै गएको देखिएको हुँदा संक्रमण समुदायस्तरमा फैलिन नदिन भक्तपुर नगरभित्र सञ्चालन हुने छोटो दुरीका सार्वजनिक यातायातहरु भदौ ३ गतेदेखि भदौ १५ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।


प्रकाशित | २ भाद्र २०७७, मंगलवार १५:४८