जुलाइमा हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक, सातामा २१ उडान हुने (सूचीसहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत गरि प्राधिकरणले सातामा २१ उडानको तालिका सार्वजनिक गरेको हो । 

प्राधिकरणले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खुला गरेको छ । 

नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली, कतारको दोहा, युएईको दुबई, मलेसियाको क्वालालाम्पुर र जापानको नारितामा उडान गर्नेछ ।

अर्को नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाम, युएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान अनुमति पाएको छ । 

नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाउनेमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाइ दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन् । 


प्रकाशित | १६ असार २०७८, बुधबार १७:४४