आगामी चुनावमा विजयी भएर राष्ट्र र जनताको जिम्मेवारी पूरा गरिछाड्छौ : गृहमन्त्री थापा

ललितपुर । गृहमन्त्री रामबहादुर थापा (बादल ) ले सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रगामी कदम भएको बताउनुभएको छ । नेकपा ललितपुर पार्टी महानगर समितिले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन मार्फत आफुहरु फेरि विजयी हुने र राष्ट्र र जनताको जिम्मेवारी पूरा गर्ने दाबी गर्नुभयो ।

उहाँले पार्टीमा विभाजन गर्नु देशी विदेशी शक्तिको हात रहेको टिप्पणी गर्दै भन्नुभयो–कसैलाई राष्ट्रपति र प्रधानमन्त्री पद नपाएको कारण पार्टीमा समस्या आएको हो। हामीलाई इतिहासले दिएको जिम्मेवारी पुरा गर्नुपर्ने दायित्व छ ।

नेकपामा मिल्नुको विकल्प नभएको उहाँले तर्क गर्नुभयो । उहाँले प्रचण्डले जारी गरेको १९ बुँदे आरोपपत्रले देशमा संकट ल्याएको उल्लेख गर्दै हदैसम्मको आरोपको कारण पार्टी भित्र दुई गुट देखिएको बताउनुभयो । भन्नुभयो–पार्टी फुट्नबाट बचाउन धेरै प्रयास ग¥यौ, उहाँहरुकै कारण पार्टीभित्र दुई गुट हुन पुग्यो ।


प्रकाशित | १७ पुष २०७७, शुक्रबार १८:४१